नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका उम्मेदवार प्रकाशमान सिंह बाजागाजासहित उम्मेदवारी दर्ता गराएका छन् । सिहंले अपरान्ह ३:२० मा सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रकाशमानको प्यानलबाट काँग्रेस नेत्री सुजाता कोइरालाले पनि आजै उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् । उनीहरु आजै उम्मेदवारी घोषणा गरेका थिए ।
नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत आज मनोनयन दर्ताको कार्यक्रम छ । साँझ ५ बजेसम्मका लागि मनोनयनको समय तय गरिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।