शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

कांग्रेस १४ ‍औं महाधिवेशन: अहिलेसम्म कुन पदमा कसको उम्मेदवारी?


  • शनिबार, मंसिर २५ २०७८
10.7K
SHARES

नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ। आज महाधिवेशनको दोस्रो दिन हो।

आज साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ। २ बजेसम्म सभापति, उपसभापति, सहमहामन्त्री लगायत पदमा उम्मदवारी दर्ता गराएका छन्।

उम्मेदवारहरू कुनै प्यानलमा नभइ आफैंले उम्मेदवारी दर्ता गराएका हुन्।

सभापतिमा कल्याण गुरूङ, उपसभापतिमा महेश आचार्य, सहमहामन्त्रीमा बद्री पाण्डे ( पिछडिएको क्षेत्र), फरमुल्लाह मन्सुर (मुस्लिम), सुरेश चौधरी ( थारु), मान बहादुर विश्वकर्माले दलितबाट उम्मेदवारी दर्ता गराएका हुन्।

अहिलेसम्म १०० केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरिएको छ।

केन्द्रीय सदस्य १३४ जना निर्वाचित हुने व्यवस्था छ।

देउवा र पौडेल पक्षले प्यानल बनाउन ढिलाइ गर्दा उम्मेदवारले मनोनयन दर्ता गर्न थालेका छन्।

उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुझका लागि आजै साँझ  ५ देखि ७ बजेसम्मको समय तोकिएको छ। त्यस्तै बेलुका ७ देखि ९ बजेसम्ममा दाबी विरोध उपर निर्णय हुनेछ।

त्यसपछि राति १२ बजेसम्म उम्मेदवारहरूको पहिलो नामावली प्रकाशन गर्ने र मनोनयनपत्र फिर्ता लिन चाहनेले भोलि (आइतबार) बिहान ११:०० बजेसम्म फिर्ता गरेपछि दिउँसो १२:१५ बजे अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा