नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो सरकार बनेसँगै सबैले ओली शासनबाट मुक्ति पाएको महसुस गरेको बताएका छन् ।
शुक्रबार पार्टीको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘जुन दिन मेरो सरकार बन्यो, त्योभन्दा अगाडिको दिन हेर्नुस्, कस्तो डर त्रास थियो ? म प्रधानमन्त्री भएको भोलिपल्टै मुक्ति पाएजस्तो भयो । सबै मान्छेहरुले ओलीको शासनबाट मुक्ति पाए ।
अब त्यसलाई बचाउने कि नबचाउने यो महाधिवेशनले तय गर्नुपर्ने उनले बताए । कुनै किसिमको तानाशाह सरकारमा नआओस् भन्न महाधिवेशनले निर्णय गर्नुपर्ने भन्दै उनले भने, ‘आउने सरकार कांग्रेसको हुन्छ गाउँदेखि माथिसम्म, त्यो मेरो जिम्मा भयो ।’
प्रतिनिधिहरु कतै सहमति त कतै प्रतिस्पर्धाबाट आए पनि मनोमालिन्यताबाट मुक्त हुनुपर्ने उनले बताए । आन्तरिक निर्वाचनमा अब आउने चुनावमा असर गर्न नहुने भन्दै देउवाले भने, ‘कांग्रेसको सरकार रहिरह्यो भने स्थानीय सरकार कांग्रेसको हुनेछ । कांग्रेसको सरकार रहिरह्यो भने राष्ट्रिय सरकार कांग्रेसको हुनेछ । त्यसका लागि मलाइ एक पल्ट जिताइदिनुस् ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।