शनिबार, साउन ९ २०८३
ताजा अपडेट

वैदेशिक हस्तक्षेपप्रति ध्यान दिन सीपी मैनालीको सुझाव


  • शुक्रबार, मंसिर २४ २०७८
9K
SHARES

फाइल तस्विर

मालेका महासचिव सीपी मैनालीले प्रजातन्त्र स्थापनासँगै नेपालमा बाह्य हस्तक्षेप र प्रभाव बढ्दै गएको भन्दै पछिल्लो समय त्यो क्रम अझ बढेको बताएका छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मैनालीले मुलुकका सामु केही चुनौती देखा परेको चर्चा गरे ।

‘मानिसहरु भनिरहेका छन्, व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन भएन,’ उनले भने, ‘म पनि त्यही भन्छु, २००७ सालदेखिको परिवर्तनमा काँग्रेस अगुवा थियो, बीपी कोइरालाको अगुवाइमा हामीले प्रजातान्त्रीकरण सुरु गर्‍यौँ । त्योसँगै बाह्य हस्तक्षेप बढ्यो । अवाञ्छित हस्तक्षेप र प्रभावले अहिलेसम्म पनि हामीलाई छोडेन ।’

उनले बाह्य हस्तक्षेप बढेको तर्फ हाम्रो ध्यान किन गएन भन्ने प्रश्नसमेत गरे । नेपाली काँग्रेसको झण्डामा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद पनि अंकित रहेको भन्दै उनले राष्ट्रियताप्रति गम्भीर बन्न काँग्रेसलाई सुझाव पनि दिए । उनले मुलुक हिजोभन्दा बढी असंलग्न हुनुपर्ने खाँचो देखिएको पनि चर्चा गरे । ‘हामीले विदेशीको सहयोग लिनुपर्छ तर सहयोग हाम्रो स्वतन्त्रता र असंलग्नताको मूल्यमा होइन,’ काँग्रेसतिर लक्षित गर्दै उनले भने, ‘प्रजातन्त्रका लागि लड्दै आएको पार्टी, राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई आफ्नो झण्डामा लेखेको छ, त्यो पार्टीको ध्यान यतातिर जाओस् ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा