शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

प्रकाशमान सभापति लड्ने निश्चित: रामचन्द्र अभिभावक, शेखरलाई पदाधिकारीमा समेट्ने !


  • बिहिबार, मंसिर २३ २०७८
15.4K
SHARES

फाइल तस्विर

नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंह आसन्न १४ औँ महाधिवेशनमा संस्थापन इतर समूहबाट साझा उम्मेदवारको रूपमा सभापति लड्ने निश्चित भएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल लाई अभिभावक मानेर अर्का सभापतिका आकाङ्क्षी शेखर कोईराला लाई पदाधिकारीमा समेटेर बाकि अन्य पार्टीका योगदान भएका नेताहरू शशाङ्क कोइराला, सुजाता कोइराला, बलबहादुर केसी, मिनेन्द्र रिजाल, महेश आचार्य, अर्जुन नरसिंह केसी,रामसरण महत, गगन थापा , धनराज गुरुङ लगाय नेताहरुलाई न्यायोचित तरिकाबाट समेट्दै मैदानमा होमिने नेता सिंहको रणनीति रहेको छ ।

नेता सिंह भन्छन्, ‘म सभापतिमा सबैको साझा उम्मेदवार भएर लड्छु । म आफु पनि अन्याय सहन्न र पार्टीका अन्य नेता तथा साथीहरूलाई पनि अन्याय म बाट हुँदैन । रामचन्द्र दाई लाई मेरो अभिभावक मान्छु । अन्य नेताहरूलाई न्यायोचित तरिकाले समेट्दै शेखर कोइरालालाई पदाधिकारीमा समेटेर म सर्वसम्मत रूपमै सभापति लड्छु ।’ म नेचुरल रूपमा सभापति लड्ने भएको हिसाबले सबैले मान्नु हुन्छ भन्ने लाग्छ । त्यही अनुरूप मेरो तयारी छ ।

नेता सिंह संस्थापन इतर समुहमा वरिष्ठ नेता रामचन्द्र पौडेल पछि काम र पार्टीमा दिएको योगदान र विभिन्न कालखण्डमा विभिन्न तहमा रहेर देश र जनतालाई दिएको योगदानका हिसाबले सिनिएर लिडर हुन । उनी लौह पुरुष गणेशमान पुत्र समेत हुन ।

ईकाई देखी सङ्घर्ष गर्दै विभिन्न कालखण्डमा पार्टीका विभिन्न पद तहमा योगदान गरेका नेता सिंह काँग्रेसको १२ औँ महाधिवेशनमा सुशील कोइराला सभापति हुँदै गर्दा सभापतिको भन्दा धेरे मत ल्याएर महामन्त्री जितेका नेता हुन ।

सिंहको चाहाना शेरवहादुर देउवा पनि अभिभावक बन्नु पर्छ भन्ने हो तर देउवा सभापतिमा उठ्ने बताई सकेका छन् । शेरबहादुर देउवाको विकल्प खोजिएको समयमा सिंहको सभापतिको उम्मेदवारीलाई आम कार्यकर्ताले चासोका साथ हेरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा