नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सबै मिलेर पार्टीलाई देशकै ठुलो पार्टी बनाउनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतद्वारा लिखित ‘नेपाली कांग्रेस एण्ड नेशनल बुल्डिङ’ नामक पुस्तक विमोचन गर्दै प्रधानमन्त्री देउवाले १४औँ महाधिवेशनमा सबै मिलेर अघि बढ्नुपर्ने बताएका हुन् ।
‘पार्टीमा जहिले पनि सक्रिय रूपमा लाग्ने र सुरु गरेको कामलाई जसरी पनि पूरा गर्ने स्वभाव भएका व्यक्तिले लेखको पुस्तक राम्रो हुन्छ भन्ने विश्वास लिएको छु।’ महतको प्रशंसा गर्दै देउवाले भने, ‘मैले पुस्तक पढ्न पाएको छैन, पुस्तक राम्रो बनेको छ भन्ने विश्वास लिएको छु ।’
पुस्तक अध्ययन गरेर प्रतिक्रिया दिने उनको भनाइ छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।