बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

म महामन्त्रीको स्वभाविक उम्मेदवार हुँ : ज्ञानेन्द्र कार्की


  • बिहिबार, मंसिर २३ २०७८
10.1K
SHARES

नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले महामन्त्री पदमा दाबी गरेका छन् । संस्थापन समूहभित्र पदाधिकारीका आकांक्षीको टुंगो लगाउन छलफल भइरहेका बेला सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका नेता कार्कीले महामन्त्रीमा आफ्नो दाबी स्वभाविक भएको बताए । बुधबार संस्थापन समूहका पदाधिकारीका आकांक्षीहरुको बैठकमा पनि उनले महामन्त्रीमा आफ्नो दाबी रहेको बताए ।

‘पार्टीमा लामो समयदेखि मेरो सक्रियता र योगदानले महामन्त्री पदमा मेरो दावी स्वभाविक हो,’ उनले अनलाइनखबरसँग भने, ‘देशभरका साथीहरूले पनि तपाईं महामन्त्रीमा उठ्नुस, हामी सहयोग गर्छाैं भनिरहेका छन् ।’

संस्थापन समूहमा महामन्त्री पदका लागि पाँच आकांक्षी देखिएका छन् । कार्कीसहित सहमहामन्त्री डा. प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाण, केन्द्रीय सदस्य एनपी साउद र प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा दाबी गरेका छन् ।

सुनसरी-४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित कार्कीले क्षेत्रीय अधिवेशनबाट २६ जना महाधिवेशन प्रतिनिधि संस्थापन समूहबाट जिताएका छन् ।

नेपाल विद्यार्थी संघमा शेरबहादुर देउवा, विमलेन्द्र निधि पछि कार्की केन्द्रीय अध्यक्ष निर्वाचित भएका हुन् । पार्टीभित्र समन्वयकारी भूमिका खेल्ने नेताको छवि बनाएका कार्की शालिन नेताका रुपमा चिनिन्छन् । ‘उहाँ देउवाको अत्यन्तै विश्वासपात्र नेतामा पर्नुहुन्छ तर पार्टीभित्रको राजनीतिमा उहाँ सधैं गुटभन्दा बाहिर रहनुभयो, जसका कारण सबैले उहाँलाई स्वीकार नेता हुनुहुन्छ,’ संस्थापननिकट एक नेताले भने, ‘उहाँ(कार्की) को समन्ववयकारी भूमिकाकै कारण अन्य राजनीतिक दलहरुसँग छलफल गर्न उहाँ अपरिहार्य जस्तै बन्नुभएको छ, सरकारमा पनि ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा