शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

नेपाली काँग्रेस संस्थापनइतरको साझा उम्मेदवार प्रकाशमान सिंह !


  • बिहिबार, मंसिर २३ २०७८
15.6K
SHARES

फाइल तस्विर

नेपाली काँग्रेसको आसन्न महाधिवेशनमा संस्थापन इतर समूह बाट पूर्व महामन्त्री तथा गणेशमान पुत्र प्रकाशमान सिंह सभापतिको उम्मेदवार बन्ने सहमतिको नजिक पौडेल समूह पुगेको निकट स्रोतको दाबी छ । आधिकारिक जानकारी सार्वजनिक नगरे पनि सभापतिमा नेता सिंह साझा उम्मेदवार बन्ने देखिएको छ ।

सिंहको नामबारे औपचारिक घोषणा हुन भने बाँकी छ । विश्वस्त स्रोतका अनुसार सिंहको नाममा वरिष्ठ नेता रामचन्द्र पौडेल सहमत भएका छन् । महामन्त्री डा। शशाङ्क कोइराला ब्याक भइसकेका छन् । उनले पनि साझा नाममा आफ्नो समर्थन हुने बताएको बुझिएको छ ।

सभापतिका अर्का दाबेदार केन्द्रीय सदस्य डा। शेखर कोइराला पनि लचिलो भएको बुझिएको छ । कोइराला परिवारभित्र सिंहसँग पावर सेयरिङ गरेर बढ्ने विषयमा एक खालको सहमति बनेको विश्वस्त स्रोतले बताएको छ ।

पूर्व महामन्त्री प्रकाशमान सिंह लामो समय नेपाली काँग्रेसको राजनीतिमा सक्रिय छन् ।  तल्ले तह देखी माथिल्लो तह सम्म रहेर पार्टीमा लामो अनुभव भएका सिंह सभापतिको उम्मेदवार बनाउँदा संस्थापन पक्षका उम्मेदवार सभापति शेरबहादुर देउवालाई भारी पर्न सक्के आङ्कलन सुरु भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा