शनिबार, साउन ९ २०८३
ताजा अपडेट

‘प्रचण्ड’ चुनावमा खरानी बन्ने डरले काँग्रेस सँग गठबन्धन टिकाउने तिकडममा  !


  • मंगलबार, मंसिर २१ २०७८
10.5K
SHARES

फाइल तस्विर

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आगामी निर्वाचनमा पहिलो हुने तयारीमा छन् तर यो सम्भावना ज्यादै न्यून रहेको जानकारहरू बताउँछन् ।

प्रचण्डको ठ्याक्कै अहिलेकै अबस्थामा चुनाव लड्ने हो भने प्रचण्डको  अवस्था कमजोर छ । २०६४ को निर्वाचनमा एकछत्र–सर्वत्र बनेको माओवादी एक्लैको मत ३१ लाख ४४ हजार २ सय ४ थियो । त्यो सङ्ख्या ७० को निर्वाचनमा झन्डै आधाले घट्यो । माओवादीको मत १६ लाख ४५ हजार ९१ मा खुम्चियो ।

जनयुद्धको राप ताप जनताका नजरमा क्रमबद्धरुपले सेलाउँदै गएपछि ७४ को निर्वाचनमा माओवादीको मात्र १३ लाख ३७ हजार २१ मत बाँकी रह्यो र पार्टी तेस्रो बन्यो । आगामी निर्वाचनमा यही गतिमा गए प्रचण्डको अस्तित्व नै धरापमा रहेको बताइन्छ ।

पहिलो पार्टी बन्ने घोषण गर्दै हिँडेका प्रचण्ड यो बेला आफु सँग छुटिएर गएका नेता लगायत सँग हार गुहार त गरिनै रहेका छन् । गठबन्धन लाई हर हालतमा चुनावी तालमेलमा लगेर आफ्नो अस्तित्व बचाई राख्ने रणनीतिमा देखिएका छन् । माओवादी र प्रचण्ड स्वयमको खस्कँदो लोकपृयताका कारण नेपाली काँग्रेस पार्टीले यदि चुनावी तालमेलमा प्रचण्डलाई साथ नदिने हो भने प्रचण्डको हालत पत्ला हुने आम सर्वसाधारणको बुझाई छ ।

ओली सँग सम्बन्ध तोडिए पछि प्रचण्डको एक मात्र आसा र भरोसा देउवामा निहित छ । एमालेबाट फुटेको समाजवादीले पनि प्रचण्डको अस्तित्व बचाउन सक्ने अवस्थामा छैन ।

अहिले प्रचण्डको एक मात्र रणनीति हर हालतमा काँग्रेस सँग सहकार्य गर्ने र आफ्नो अस्तित्व बचाई राख्ने देखिएको जानकारहरू बताउँछन् । काँग्रेसले हात झिकिदिए प्रचण्ड आगामी चुनावमा खरानी बन्ने आम सर्वसाधारणको बुझाई छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा