शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

ममाथि देउवाबाट पटक पटक राजनीतिक हिंसा भयो : गुरु घिमिरे


  • मंगलबार, मंसिर २१ २०७८
9.7K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसका नेता गुरु घिमिरेले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले आफूमाथि पटक पकट राजनीतिक हिंसा भएको आरोप लगाएका छन् ।

उनले आफूमाथि सत्ताले लगातार आक्रमण गरेको बताए । सत्ता सत्यसँग डराएको हुँदा आफूमाथि बेइमानी भएको बताए ।

“ओलीको निरंकुशतामा आवाज नउठाएको भए सभापति प्रधानमन्त्री बन्न सक्नुहुँदैन थियो,” उनले भने, “४१ महिनापछि सभापति प्रधानमन्त्री बन्नभयो । राजनीति हिंसाको सुरुवात देउवाबाटै भएको हो । पहिले मलाई क्षेत्रबाट सिफारिस भएको टिकट दिइएन । पहिलो राजनीतिक हिंसा त्यहाँबाट भएको थियो । अहिले पनि धनवाद डनबाद सबै देखियो । मत लुटिएका छन् । मेरै आँखा अगाडि मत लुटिएका छन् । अहिले सत्ताको दुरुपयोग गरेर ममाथि राजनीतिक हिंसा गर्नुभएको छ । अहिलेको चुनावमा बाहिरको पाखण्ड र ढोँग पनि देखियो । मन्त्री सबै मोर्चाबन्दी गरेर पैसाको खोलो बगाएको पनि देखियो ।”

उनले कन्फ्युजनको प्रचार गरिएको भन्दै अन्तिममा चामत्कारिकरुपमा २ मतले पराजित गरेको बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा