बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

बार प्रतिनिधिलाई ओलीको जवाफ : चोलेन्द्रको गल्ती छैन भने किन महाभियोग ?


  • मंगलबार, मंसिर २१ २०७८
7.5K
SHARES

फाइल तस्विर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले न्यायालयमा तत्कालै सच्चिएर अघि बढ्ने अवस्था नरहेको बताएका छन् ।

नेपाल बारका प्रतिनिधिसँग निवास बालकोटमा कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कानुन व्यवसायी पनि सच्चिनुपर्ने अवस्थामा रहेको बताए ।

“क–कसले के के बहस गर्नुभयो मैले बिर्सेको छु,” संसद् विघटनको विपक्षमा बहस गरेका वकिलतर्फ संकेत गर्दै ओलीले भने, “संसदले हो प्रधानमन्त्री बनाउने र हेरफेर गर्ने कुरा त्यहाँ थाहा पनि भएन । कम्तिमा त्यहाँ त फर्काउनुपर्छ होला नि । संसद्ले प्रधानमन्त्री हटाएको पनि थाहा पाएन । एकजना श्रीमान्ले अमेरिकाबाट इमेल गर्नुभयो । त्यो वाचन गरियो पछि फिर्ता ल्याइयो । यहाँ त पहिले देखि नै केही भइरहेको थियो ।”

उनले न्यायाधीश हटाउन आफूहरु निर्णायक नरहेको बताउँदै एमाले बाधक नभएको बताए ।

“चोलेन्द्रको गल्ती छैन भनेर भनिरहनुभएको छ, यस्तो बेलामा कसरी महाभियोग दर्ता हुन्छ ? अर्को पार्टीका नेताले चोलेन्द्रका मान्छे होइनन् मन्त्री बनाउने भनेर प्रधानमन्त्रीले पनि भन्नुभएको छ हाम्रो पार्टीका हुन् भनेर भन्नुभएको छ । यस्तो बेलामा उहाँले किन राजीनामा गर्नुभएको हो ?”

उनले संसद् विघटनको मुद्दा फैसला गर्दा लेनदेन गरेर गुन लगाइएको भन्दै अहिले नेताहरुले नै सार्वजनिकरुपमा भनेको बताए ।

मुद्दा फैसला गर्दा संविधान बमोजिम गर्न नसकिने हुँदा बाहिर गएर गर्नुपर्‍यो भन्नुहुन्छ,” ओलीले भने, “न्यायालय तत्काल सच्याएर लैजाने अवस्था देखेको छैन । न्यायालय सच्याएर लैजान कति तयार छौँ । दोस्रो राजनीतिक दल पनि सच्चिनुपर्छ । न्यायाधीश पनि सच्चिन आवश्यक छ । बार पनि सच्चिनुपर्ने आवश्यकता देख्छु ।”


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा