शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

‘सभापति बन्न’ प्रकाशमानले सुरु गरे एलम्बर पार्टी प्यालेसमा सम्पर्क कार्यालय


  • मंगलबार, मंसिर २१ २०७८
8K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाको विकल्पमा साझा उमेदवारको खोजी जारी रहँदा पूर्वमहामन्त्री प्रकाशमान सिंहले सम्पर्क कार्यालय स्थापना गरेर प्रचार सुरु गर्न लागेका छन् ।

आज दिउँसो १ बजे सिंहकै निवास चाक्सीबारीमा सभापतिको साझा उमेदवार खोजी गर्न बैठक डाकिएको छ ।

सोमबार वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहोराटारमा आफ्नो समूहमा साझा उमेदवार चयन गर्न नसके ‘स्वीङ भोट’ देउवातिर जाने र पुनः देउवा नै निर्वाचित हुँदा कांग्रेसप्रति नागरिक आशा समाप्त हुने निष्कर्ष निकालिएको थियो । तर, सिंहले भने पूर्वनिर्धारित कार्यातालिकाअनुसार काठमाडौंको ट्राफिक प्रहरी महाशाखानजिकै रहेको एलम्बर पार्टी प्यालेसमा सम्पर्क कार्यलय खोलेका छन् ।

मंगलबार बिहान काठमाडौं र ललितपुरका कांग्रेस सभापतिलाई दायाँ र बायाँ राखेर सिंहले सम्पर्क कार्यालयको उद्घाटन गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा