शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सुनचाँदीको भाउ घट्यो


  • मंगलबार, मंसिर २१ २०७८
9.3K
SHARES

फाईल तस्बिर

मंगलबार नेपाली बजारमा सुनचाँदी दुबैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सोमबारको मूल्यको तुलनामा सुन तोलामा २०० रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो ।

घटेको मूल्य अनुसार आज सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ र चाँदी एक हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ । गत सोमबार सुन र चाँदी क्रमशः ९२ हजार रुपैयाँ र एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, यता तेजाबी सुनको मूल्य समेत गत सोमबारको मूल्य २०० रुपैयाँले नै घट्दै आज ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा