शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

काँग्रेसमा देउवाको विकल्पको रूपमा उदाउँदै छन् ‘प्रकाशमान’…

रामचन्द्र र शशाङ्कलाई पहिले छाडिसकेको कारण यो महाधिवेशनमा सभापति बाट पछि नहट्ने नेता प्रकाशमान सिंहको दबी


  • सोमबार, मंसिर २० २०७८
15.8K
SHARES

फाइल तस्विर

नेपाली काँग्रेस पार्टी भित्र पार्टी सभापति शेरबहादुर देउवाको विकल्प खोजिनु पर्छ भन्ने बहस सुरु भएको धेरै भयो । रामचन्द्र पौडेल र देउवा दुवै नेताले अब काँग्रेस पार्टीलाई सुधार्न नसक्ने बहस चलेको बेला काँग्रेसमा कार्यकर्ताको आशा र भरोसाको रूपमा काँग्रेस पूर्व महामन्त्री प्रकाशमान सिंह उदाउनु पर्छ भन्ने कार्यकर्ताको जमात बढेको पाइन्छ ।

पार्टीलाई विधि पद्धति र नियममा हिँडाउनु पर्छ भन्ने अडान राख्दै आएका सिंहले सभापतिको दबी प्रस्तुत गरिसकेका छन् ।  सिंह पार्टीको १४औँ महाधिवेशनमा केन्द्रीय सभापति पदमा उम्मेदवारी दिने निचोडमा पुगेर आफ्नो तयारी ब्यापक रूपमा गर्दै छन् ।

२०७२ सालमा भएको १३औँ महाधिवेशनमा रामचन्द्र पौडेललाई सभापतिमा र शशाङ्क कोइरालालाई महामन्त्रीमा सहयोग गरेकाले अब आफू  यो पटक सभापति कसैले छेकेर नछेकिने नेचुरल सभापतिको दाबेदार रहेको तर्क गर्दै आएका छन् ।

आम कार्यकर्तामाझ शेरबहादुर देउवाबाट पार्टी चल्न नसक्ने प्रतिक्रिया आइरहेको बेला प्रभावशाली नेता सिंहको सभापतिमा उठ्ने चर्चाले काँग्रेस वृत्तमा तरङ्ग सिर्जना भएको छ ।

नेता सिंह कांग्रेसमा तल्लो तह देखि माथिल्लो तह सम्म सङ्घर्ष गर्दै उदाउनु पनि उनको मजबुत पक्ष छ । लौह पुरुष गणेशमान पुत्र समेत रहेका सिंह निडर र चट्टानी अडान भएका नेताका रूपमा काँग्रेसमा आफ्नो छाप छोड्न सक्षम छन् ।

सक्षम र अब्बल हुँदा हुँदै पनि सभापतिमामा पौडेल समूहबाट सबैको समर्थनमा सभापतिको उम्मेदवार हुन उनलाई सहज भने छैन । वरिष्ठ नेता राम चन्द्र पौडेल पनि आफै सभापति उठ्ने दाउमा छन् भने कोइराला परिवारले पनि सभापतिको दाबी छोडेको छैन । कोइराला परिवार र पौडेलको समर्थन सिंहले जुटाएको खण्डमा देउवालाई प्रकाशमान चुनौती बन्न सक्ने बुझाई कार्यकर्ताको छ ।

प्रकाशमान पौडेल खेमाबाट साझा उम्मेदवार भएर आएको खण्डमा देउवालाई आसन्न महाधिवेशनमा सभापति जित्न सकस देखिन्छ ।

देउवाका नेता कार्यकर्ताहरुमा सिंहको समेत पकड भएको विश्लेषकहरू बताउने गर्छन् । नेता सिंहको पकड देउवा निकट  नेता कार्यकर्तामा हुनु र पौडेल समुहको पनि साझा उम्मेदवार बन्नु हो भने, नेता सिंहले नै महाधिवेशनमा सभापति जित्ने  काँग्रेसका विश्लेषकको दाबी छ ।

सडकमा ढुंगा खाने देखी कांग्रेस पार्टीको १२ औ महाधिवेशनमा पार्टी सभापतिको मत भन्दा धेरै मत ल्याएर महामन्त्री बन्दै मुुलुकको उपप्रधानमन्त्री भएर देशलाई संबिधान दिलाउन मुख्य भुमिका भएका शीर्षस्थ राजनीतिज्ञ सिंहले कांग्रेस पार्टी हाक्ने जिम्म पाए कांग्रेसमा सुधार हुने कार्यकर्ताको समेत राय छ । तर गुटै गुटले जेलिएको कांग्रेसमा असल मान्छे नेत्रीत्वमा पुग्न भने सकस छ ।

२०३० सालदेखि नेविसङ्घबाट राजनीति थालेका सिंह ०३६ मा नेविसङ्घ काठमाडौँ जिल्ला अध्यक्ष भए । ०३८ मा काठमाडौँ जिल्ला सदस्य र ०४३ मा जिल्ला सचिव भए । उनले ०४५ मा काठमाडौँ जिल्ला सभापति भएपछि लगातार दुई कार्यकाल नेतृत्व सम्हाले ।

त्यसपछि सिंह काँग्रेसको केन्द्रीय राजनीतिमा छिरे । ०५७ सालमा पोखरामा भएको १०औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा विजयी भएका सिंह ०५८ सालमा पार्टी फुट्दा शेरबहादुर देउवा नेतृत्वको काँग्रेस प्रजातान्त्रिकमा उपसभापति भए ।

०६४ मा पार्टी एकीकरण हुँदा उपसभापति नै भए । ०६७ सालको १२ औँ महाधिवेशनबाट सुशील कोइराला सभापतिमा जित्दा सिंहले पनि महामन्त्रीमा जिते । १३ औँ महाधिवेशनमा सिंह केन्द्रीय सदस्य भए । ०४८ र ०५१ को चुनाव हार व्यहोरेका सिंह ०५३ मा राष्ट्रिय सभामा सदस्य भए ।

देउवा नेतृत्वको सरकारमा उनी वन तथा वातावरण, कृष्णप्रसाद भट्टराईको नेतृत्वको सरकारमा जनसङ्ख्या मन्त्रीसमेत भए । सुशील कोइराला प्रधानमन्त्री हुँदा उपप्रधानमन्त्री र स्थानीय विकास मन्त्री भएका उनी ०७० सालमा संसदीय दलको उपनेता भए । हाल उनी काठमाडौँ क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

आसन्न नेपाली काङ्ग्रेस महाधिवेशनमा नेता सिंह सभापतिमा उठ्ने बताई सकेका छन् । यदी सिंहले पार्टीको नेत्रीत्व पाउने हो भने काँग्रेसमा एक किसिमको उत्साह जाग्न सक्ने आम कार्यकर्ताको बुझाई छ । कार्यकर्ताहरू भन्छन् अनुभव दक्षता र पुस्ताको हिसाबले पनि नेता प्रकाशमान सिंह अहिलेको अवस्थामा अब्बल उम्मेदवार हुन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा