नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा संस्थापन पक्षका उद्धव थापा विजयी भएका छन् । थापाले रामचन्द्र पौडेल पक्षका गुरुराज घिमिरेलाई दुई मत अन्तरले हराएका हुन् ।
थापाले ८४४ र घिमिरेले ८४२ मत पाएका छन् । पदाधिकारीमा एक महामन्त्रीबाहेकका अन्य पदहरुमा पनि थापा पक्ष नै विजयी भएको छ ।
उपसभापतिमा संस्थापन पक्षका रमेशजंग रायमाझी ८९१ मतसहित र टंकप्रसाद राई ८४७ मतसहित विजयी भएका छन् ।
संस्थापन इतरका उम्मेदवार गोविन्द प्रसाद ढुंगानाले (केदार)ले ७६५ र विश्वनाथ रिजाल (त्रिलोचन)ले ६६९ मत पाए ।
महामन्त्रीमा संस्थापन पक्षका भूपेन्द्र राई ८२४ र संस्थापन इतरका उमेश थापा ८२३ मत सहित विजयी भएका छन् । महामन्त्रीका अन्य उम्मेदवार पदम सुन्दर पालुङ्गवाले ८०७ र दिपन कुमार श्रेष्ठले ७६४ मत पाएका छन् ।
सहमहामन्त्रीमा खड्ग फागो लोकप्रिय मतसहित विजयी भए । उनले १०२६ मत पाएका छन् । यसैगरी विनोदकुमार बस्नेत पनि ७४७ मतसहित सहमहामन्त्रीमा विजयी भए । सहमहामन्त्रीको महिला कोटामा प्रमिला गच्छदार ८३७ मतसहित विजयी भएकी छन् ।
सहमहामन्त्रीका अन्य उम्मेदवारहरुमा सीता कार्कीले ७३३, रोहित कुमार शाहले ६६५, विरकाजी राईले ६४७ र शुभन्द्र राईले ८४ मत पाए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।