शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

कांग्रेस वागमती प्रदेश सभापतिमा बानियाँ विजयी


  • आइतबार, मंसिर १९ २०७८
11.6K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेस वागमती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ विजयी भएका छन् । आइतबार भएको दोस्रो चरण मतदानमा उनले विजयी हुन आवश्यक ५० प्रतिशतभन्दा धेरै मत प्राप्त गरेका छन् ।

देउवा पक्षीय बानियाँले पौडेल पक्षीय उम्मेदवार जगदिश्वर नरसिंह केसीलाई पराजित गर्दै प्रदेश सभापतिमा बाजी मारेका हुन् । अन्तिम मत परिणाम अनुसार बानियाँले १०८५ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी केसीले ९२७ मत प्राप्त गरेका छन् ।

बाँनियाँ मकवानपुरका हुन् । उनी वागमती प्रदेशसभा कांग्रेस संसदीय दलका नेतासमेत हुन् । बानियाँसँगै देउवा पक्षले ३ वटा प्रदेशमा सभापति जितेको छ । पौडेल पक्षले भने एक प्रदेश गण्डकीमामात्र जित हात पारेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा