भारतको बेंगलुरु, मुम्बई र जामनगरपछि अब दिल्लीमा ओमिक्रोनको पहिलो संक्रमित भेटिएका छन् । दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनले संक्रमित तान्जानियाबाट आएको बताए । विमानस्थलमा परीक्षणपछि उनी ओमिक्रोनद्वारा संक्रमित भएको जानकारी पाइएको हो । उनलाई दिल्लीको एलएनजेपी अस्पतालमा भर्ना गरिएको छ ।
एलएनजेपी अस्पतालका एमडी सुरेश कुमारले अस्पतालमा भर्ना भएका ओमिक्रोनका बिरामीको घाँटी सुन्निएको, थकान र शरीर दुखाईको लक्षण देखिएको जानकारी दिए । यसअघि शनिबार गुजरातको जामनगरमा ओमिक्रोन संक्रमित भेटिएका थिए । यस्तै, मुम्बई र बेंगलुरुमा पनि ओमिक्रोनका संक्रमित भेटिइसकेका छन् । यससँगै भारतमा ओमिक्रोनका कूल ५ संक्रमित भेटिइसकेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।