जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमाले अध्यक्ष ओलीको कारण सङ्घीयता खतरामा परेको टिप्पणी गरेका छन् । उनले भनेका छन् ओलीको कार्यशैलीकै कारण सङ्घीयता खतरामा छ ।
शनिवार जसपाको समाजवादी नेवा सङ्घले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले सो टिप्पणी गरेका हुन । उनले राज्यको पुन संरचना जातीय आधारमा हुनुपर्ने समेत बताएका छन् ।
जातीय आधारमा पुन संरचना हुनु पर्ने अडान नछोड्ने समेत उनको दाबी छ । उनले भनेका छन् अहिले पुन संरचनाको विषय सांसदबाट अनुमोदन गराउन दुई तिहाई छैन । आगामी निर्वाचन पछि यो जातीय आधारमै राज्यको पुन संरचना हुनु पर्छ भन्ने तर्फ आफू लाग्ने समेत उनको भनाई थियो ।
ओलीले सङ्घीयता खतरामा पारेपछि गठबन्धन भएर एक जुट भएर आफूहरू लागेको समेत बताएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।