शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

लाइसियममा ‘अभिभावक मोटिभेसनल कार्यक्रम’ सम्पन्न


  • मंगलबार, असार २४ २०७६
28.5K
SHARES

काठमाडौँ ।
काठमाडौँ महानगरपालिका वडा नम्वर ७, सिफलमा रहेको लाइसियम मोडल स्कूलले ‘अभिभावक मोटिभेसनल कार्यक्रम’ सम्पन्न गरेको छ ।
विद्यालयका शिक्षक एवं अभिभावकहरुको उल्लेख्य उपस्थितिमा शनिबार मोटिभेसनल कार्यक्रम सम्पन्न गरेको हो ।


अभिभावहरुको आफ्नो जिम्मेवारीलाई थप महत्व दिनका निमित्त गरिएको उक्त कार्यक्रममा मोटिभेसनल स्पिकर इश्वर श्रेष्ठ प्रमुख वक्ताको रुपमा रहेका थिए ।


मोटिभेसनल स्पिकर श्रेष्ठले विद्यार्थीको प्रभावकारी शिक्षाका निमित्त अभिभावकको कस्तो भुमिका हुनुपर्छ ?, कस्ता खानपानलाई ध्यान दिने ?, विद्यालय टिमसंगको सम्बन्ध कस्तो हुनुपर्छ ? भन्ने विषयमा महत्वपुर्ण जानकारी प्रदान गरेका थिए ।
विद्यालय, विद्यार्थी र स्कूल टिमसंगको सुमधुर सम्बन्ध कायम गर्नका लागि ‘अभिभावक मोटिभेसनल कार्यक्रम’ आवश्यक रहेको छ । जसका निमित्त लाइसियमले हरेक वर्ष ‘अभिभावक मोटिभेसनल कार्यक्रम’ गर्दै आएको छ प्रिन्सिपल राजेन्द्र थपलियाले बताउनु भयो ।
स्कूलको हलमा गरिएको उक्त अभिभावक मोटिभेसनल कार्यक्रम बिहान ७ बजेदेखि ११ बजेसम्म चलेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा