शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कमल थापा र राजेन्द्र लिङ्देनले गराए उम्मेदवारी दर्ता, उपाध्यक्षमा ९ जनाको उम्मेदवारी


  • शुक्रबार, मंसिर १७ २०७८
9.5K
SHARES

फाइल तस्विर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा वर्तमान अध्यक्ष कमल थापा र पूर्वमहामन्त्री राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन् । शुक्रबार उनीहरुले राष्ट्रिय सभागृहमा दलबलसहित पुगेर आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन समितिका एक सदस्यका अनुसार थापाको प्रस्तावकमा दीपक बोहरा रहेका छन् भने समर्थकमा निरञ्जन थापा रहेका छन् । यस्तै लिङ्देनको प्रस्तावकमा रामानन्द न्यौपाने र समर्थकमा विकास बहादुर महत रहेका छन् ।

निर्वाचन समितिका अनुसार उपाध्यक्षमा रामचन्द्र राय, लिलादेवी श्रेष्ठ, रोशन कार्की, विक्रम पाण्डे, जगत प्रसाद गौचन, दिलविकास राजभण्डारी, दुर्गा श्रेष्ठ, बुद्धिमान तामाङ र  ध्रुवबहादुर प्रधान गरी ९ जनाको उम्मेदवारी परेको छ ।

यस्तै महामन्त्रीमा डा धवल शमशेर राणा, कुन्ती कुमारी शाही, भास्कर भद्रा, भुवन पाठक, श्याम तिमल्सिना र रेखा थापाको उम्मेदवारी परेको छ । राप्रपाको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा थापा र लिङ्देन प्यानलसहित मैदानमा छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा