शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

राप्रपा अध्यक्षमा उम्मेदवारी दिन १ लाख शुल्क


  • बिहिबार, मंसिर १६ २०७८
7.7K
SHARES

फाइल तस्विर

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दर्ता शुल्क  १ लाख रुपैयाँ तोकिएको छ ।

त्यस्तै उपाध्यक्षमा उम्मेदवारी दिन ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको निर्वाचन समितिका संयोजक निरञ्जन थापाले जानकारी दिए ।

बुधबार सुरु भएको राप्रपा महाधिवेशनले अध्यक्ष, १ महिलासहित ४ जना उपाध्यक्ष, १ महिलासहित  ३ जना महामन्त्री र १४१ जना केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुँदैछन् ।

निर्वाचन समितिका संयोजक थापाका अनुसार शुक्रबारदेखि मात्र निर्वाचन कार्यक्रम सुरु हुनेछ । बिहीबारसम्म मतदाता नामावली प्रकाशन गर्ने र शुक्रबार निर्वाचन कार्यक्रम सुरु गर्ने समितिको तयारी छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा