शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

गोलाप्रथा लागु गरिए पनि सर्वोच्च अदालतमा भएन इजलास गठन!


  • बिहिबार, मंसिर १६ २०७८
9.4K
SHARES

तस्विरः फाइल

सर्वोच्च अदालतमा अहिलेसम्म पनि इजलास गठन र पेसी तोकिएको छैन।

बुधबारदेखि प्रधानन्यायाधीशको पेसी तोक्ने अधिकार कटौती भई गोलाप्रथाले इजलास गठन र पेसी तोक्ने नियम लागु भए पनि आज सर्वोच्च अदालतमा अहिलेसम्म पेसी सूची प्रकाशित भएको छैन।

पेसी सूची प्रकाशित भएपछि सर्वोच्च अदालतको वेबसाइटमा प्रकाशित गरिन्छ। तर अहिलेसम्म पनि वेबसाइटमा पेसी सूची राखिएको छैन।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले कोरोना संक्रमण भएर अस्पताल बस्दा पनि कायममुकायम नतोकी गएपछि संवैधानिक प्रश्न उठाएको नेपाल बार र सर्वोच्च बारका अध्यक्षसँग सर्वोच्च अदालतका न्यायाधीशहरू बिहान १० बजेदेखि छलफलमा थिए।

गोलाप्रथाद्वारा पेसी तोक्दा भने सबै न्यायाधीशहरू उपस्थित हुनुपर्छ।

सर्वोच्च बारका सचिव ऋषि घिमिरेका अनुसार दुवै अध्यक्षले प्रधानन्यायाधीश कोरोना संक्रमण भएर अस्पताल भर्ना भएकाले उनी अदालत आएर काम गर्न असमर्थ भएको भन्दै अब संविधानको धारा १२९ (६) बमोजिम कायममुकायम स्वत: बरिष्ठ न्यायाधीशले लिएर इजलास अघि बढाउन सुझाव दिएका छन्।

दुवैको सुझाव सुनेपछि सर्वोच्चका न्यायाधीशहरू ‍छलफलमा छन्।

बुधबार गोलाप्रथा लागु भएपछि प्रधानन्यायाधीशले तोकेका इजलास एक महिनासम्म बहिष्कार गरेका न्यायाधीशहरू  इजलास फर्किएका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा