बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

काँग्रेस अधिवेशन : १० हजार कार्यकर्ताको ऱ्याली


  • बिहिबार, मंसिर १६ २०७८
10K
SHARES

फाइल तस्विर

नेपाली काँग्रेसको आज हुने बागमती प्रदेश अधिवेशनमा १० हजार जना नेता कार्यकर्ताले हेटौंडामा ऱ्याली निकाल्ने भएका छन् । प्रदेश अधिवेशनलाई दिउँसो २ बजे भर्चुअल माध्यमबाट प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने जनाइएको छ ।

समारोहका लागि हेटौंडाको बुद्ध चोकबाट अधिवेशन स्थल वन विज्ञान अध्ययन स्थान (फरेष्ट्री)मा करिब १० हजार जना नेता कार्यकर्ताहरु ऱ्यालीसहित पुग्ने नेपाली काँग्रेस मकवानपुरका प्रवक्ता एवम् अधिवेशन सचिवालय संयोजक प्रदिप कोइरालाले जानकारी दिए । अधिवेशन आयोजनास्थलमा ऱ्याली पुगे लगत्तै सभामा परिणत हुने उनको भनाइ छ ।

प्रदेशका १३ वटा जिल्लाबाट करिव २ हजार १ सय जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने उनले बताए । उनका अनुसार महाधिवेशनमा सहभागी हुन सम्बन्धित जिल्लाबाट चुनिएका प्रतिनिधिहरू हेटौंडा आउने क्रम जारी छ । उनीहरुको बसोबासको प्रवन्ध हेटौंडाका होटलहरूमा मिलाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा