शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

बारका प्रतिनिधिलाई सर्वोच्चमा छलफलका लागि बोलाइयो


  • बिहिबार, मंसिर १६ २०७८
9.6K
SHARES

तस्विरः फाइल

सर्वोच्च अदालतका न्यायाधीशहरु र नेपाल बार एशोसिएशन तथा सर्वोच्च बार एशोसिएशनका प्रतिनिधिबीच छलफल हुने भएको छ । प्रधानन्यायाधीशको अनुपस्थितिका बाबजुद वरिष्ठतम् न्यायाधीशलाई कायम मुकायम नतोकिएको भन्दै बार एशोसिएशनले आपत्ति जनाएपछि बारका प्रतिनिधि र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच बिहीबार छलफल हुन लागेको हो ।

बार एशोसिएशनले बुधबार विज्ञप्ति जारी गर्दै वरिष्ठतम् न्यायाधीशलाई कायम मुकायम तोक्न माग गरेको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्वस्थताका कारण अदालतमा उपस्थिति नभए पनि कायम मुकायम नतोकेका कारण बारले आपत्ति जनाएको हो ।

कायम मुकायम नतोकिएकै कारण बार एशोसिएशनले बुधबार बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने जनाएपछि अन्य मुद्दाहरुको सुनुवाइ प्रभावित भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा