शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

राप्रपा महाधिवेशन : राजेन्द्र लिङ्देन ले कमल थापालाई पछार्ने आकलन !


  • बुधबार, मंसिर १५ २०७८
11.2K
SHARES

फाइल तस्विर

आशन्न राप्रपा महाधिवेशन राजेन्द्र लिङ्देन ले कमल थापालाई अध्यक्षमा जित्ने आंकलन सुरु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशन अन्तरगत राजधानीमा सुरु भएको उद्घाटन सत्रमा अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देन बोल्दा कार्यकर्ताहरूले उनको समर्थनमा ब्यापक हुटिङ सुनिनुले पनि लिङ्देन थापा भन्दा बलियो बन्दै गएको बुझाई छ ।

राजसंस्था र हिन्दु राज्यको मुद्दा बोकेको राप्रपाको महाधिवेशनमा नया अनुहार कार्यकर्ताले चाहेको बताईदै आइएको छ । कमल थापा लामो समय नेत्रीत्वमै बसेर लाभको पद समेत उपभोग गरिसकेका नेता मानिन्छन् । लिङ्देन पनि झापा बाट चुनाव जितेका संसद हुन् ।

लिङ्देनले भनेका छन् पार्टी एकतापछिको विगत दुई वर्षको कार्यशैली र गतिविधि हेर्दा राप्रपाले केही मन्त्री बनाउने र कुनै दलको पछि लाग्न सक्ने सम्भावना भए पनि राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्र बनाउने हैसियत हासिल गर्न नसक्ने दाबी गरेका छन् ।

पार्टीको महाधिवेशन उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले यतिबेला पार्टी इतिहासकै सबैभन्दा महत्वपूर्ण क्षणमा उभिएको बताए । यसअघिको महाधिवेशनमा नेपालका तीन ठुला पार्टी एमाले, नेपाली काँग्रेस र नेकपा माओवादीका बीचमा राप्रपाको प्रशंसा गर्नमा प्रतिस्पर्धा चलेको पनि उनले स्मरण गराए ।

उनले राप्रपाको मुद्दा सडकमा सर्वाधिक लोकप्रिय बनेको, मानिसहरु हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा रहेको तर यसका बाबजुद राप्रपा कहाँ छ भनेर प्रश्नसमेत गरे । ‘एकीकरणको दुई वर्ष राप्रपाको गतिविधि शून्य भयो । राष्ट्रिय राजनीतिबाट बेपत्ता भएजस्तो छ,’ उनले भने, ‘दुई वर्ष पार्टीको गति, चल्ने शैली हेर्दा यही ढंगले अघि बढ्दा के हुन्छ भन्ने सबैलाई थाहा छ ।’ उनले एक पटक पार्टीको कार्यकारिणी भूमिका फेर्नुपर्ने जरुरी भएको भन्दै पार्टीका अग्रजहरुलाई परिवर्तनको पक्षमा उभिन आग्रहसमेत गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा