आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

देउवाले थर्काएपछि रातोनिलो हुँदै घर फर्किए विश्वप्रकाश !


  • बुधबार, मंसिर १५ २०७८
15.5K
SHARES

फाइल तस्विर

काठमाडौँ – नेपाली काँग्रेसका सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई थर्काएका छन् । देउवाले मलाई तिमीले अर्ती उपदेश दिने होइन भनेर थर्काएका हुन् ।

आफूलाई वाकपटुक मान्ने काग्रेस प्रवक्ता समेत रहेका युवा नेता शर्मालाई देउवाले सार्वजनिक रुपमै झाँके झारेपछि लज्जाबोध गर्नु पर्ने अवस्था आएको थियो । देउवालाई एउटा सल्लाह दिन्छु भन्दै शर्माले आफूले बोल्ने बेलामा अर्तिकै भाषामा अभिव्यक्ति दिएका थिए ।

शर्माले बोल्दा आफूलाई अर्ति उपदेश दिएको जस्तो महसुस गरेका देउवाले कुरा बुढापाकाको सुन्ने हो बुढापाकालाई अर्ती उपदेश दिने होइन भन्दै शर्माको झाँको झारेका थिए ।

अहिले किन जान्ने हुने के गर्ने हो आफ्नो समय आए पछि गर्ने हामिलाई सिकाउँने होइन भन्दै देउवा जंगिदा हलमा तालीको बर्षा भएको थियो

नेपाली कांग्रेसका संस्थापक नेता सुवर्णशमशेर राणामाथि लेखिएको ‘राजनेता सुवर्णशमशेर’ नामक पुस्तक सार्वजनिक कार्यक्रममा देउवा र शर्माको नोकझोक चलको हो ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा रामचन्द्र घिमिरेद्वारा लिखित पुस्तक लोकार्पण गरे । कार्यक्रमका सहभागीको मुख्य चासो भने प्रवक्ता विश्वप्रकाश शर्माको मन्तव्य र त्यसमाथि देउवाको जवाफमा केन्द्रित देखियो ।

कांग्रेस प्रवक्ता शर्माले मन्तव्यका क्रममा आफूले महामन्त्रीको उम्मेदवारी घोषणा गरेपछि राखेको राजनीतिक प्रस्तावको व्याख्या गरे ।

सभापति देउवालाई ‘एउटा सल्लाह दिन चाहन्छु’ भन्दै शर्माले १ पटकभन्दा बढी राष्ट्रपति, २ पटकभन्दा बढी प्रधानमन्त्री, ३ पटकभन्दा बढी मन्त्री र ४ पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव आफ्नो पुस्ताका लागि गरेको बताए ।

‘मैले राजनीति बदल्ने प्रस्ताव बोकेर धेरै जिल्ला पुग्दा साथीहरूले शेरबहादुर देउवा त ५ पटक प्रधानमन्त्री भइसके विश्वप्रकाशको पुस्ताले त्यो अवसर र क्षमता राख्छ त ? भनेर सोध्नुहुन्छ । हाम्रो सभापतिलाई ज्योतिषले ७ पटक प्रधानमन्त्री बन्ने भनेको होला तर मैले मेरो पुस्तालाई २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव गरेको छु’, शर्माले भने ।

प्रमुख अतिथिका रूपमा मन्तव्य दिँदै गर्दा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले प्रवक्ता शर्माको जवाफ फर्काए । शर्माले ‘सल्लाह दिन्छु’ भनेको तर्फ संकेत गर्दै देउवाले अर्ती दिने काम बुढापाकाको भएको बताए । ‘बुढापाकालाई अर्ति दिने होइन, बुढापाकाको अर्ती सुन्ने हो । हतार नगर्नुस्, अर्ती दिने हैन लिनुस्’, देउवाले भने ।

उनले शर्माको प्रस्ताव ‘भन्न सजिलो तर गर्न गार्हो’ रहेको बताए । ‘अरुलाई भन्न त सजिलो छ आफ्नो लागि हो भने गार्हो छ । हतार नगर्नुस् क्या पालो आउँछ’, देउवाले भने । देउवाले शर्माको जवाफ फर्काउँदा सभागृहमा हाँसो गुञ्जिएको थियो ।

कार्यक्रममा बोल्ने क्रममा सह९महामन्त्री डा. प्रकाशशरण महतले पार्टीमा सहमतिका नाममा निर्णय ढिलो हुँदा पार्टीमा समस्या आएको बताएका थिए । महतलाई जवाफ दिँदै देउवाले आफू हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने नेता नभएको बताए ।

‘निर्णय भन्या जथाभावी गरेर भएन नि । हतारमा निर्णय गरेर पछुताउनु भएन नि । सोच विचार गरेर गर्ने हो निर्णय भनेको’, देउवाले भने ।

सो क्रममा देउवाले एमालेको चर्चा गर्नतिर भन्दा आफ्नो पार्टी सुधार्नतिर ध्यान दिन कार्यकर्तासँग आग्रह गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा