शनिबार, साउन ३० २०८३
ताजा अपडेट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ किलो सुनका ‘बाला’ बरामद


  • बुधबार, मंसिर १५ २०७८
11.6K
SHARES

सांकेत तस्विर

त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलबाट ११ किलो सुनका बाला बरामद गरिएको छ । मंगलबार मध्यराति सम्ममा ११ किलो सुन बरामद गरिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले बताए ।

मंसिर १३ मा भन्सार कार्यालयले एकैदिन २१ किलो सुन बरामद गरेको थियो । विदेशबाट फर्किनेहरुले ल्याएको बाला आकारको सुन विमानस्थलमा नियन्त्रणमा लिएर राजस्व तिराउन थालिएको छ ।

यसअघि विदेशबाट फर्किनेहरुले ५० ग्रामसम्म सुनलाई बंग्याएर बालाको आकार बनाएर ल्याउँदा भन्सार छुट पाउने गरेका थिए । तर, सो सुविधाको दुरुपयोग गरेको भेटिएपछि  भन्सार तिर्नुपर्ने व्यवस्था लागू गरिएको प्रमुख भन्सार प्रशासक महेश भट्टराईले बताए । मंगलबार मध्यराति सम्ममा २ सय २१ जना खाडी मुलुकबाट सुन बोकेर आएका थिए । उनीहरुमध्ये १ सय ४७ जनाले भन्सार शुल्क तिरेर ६ किलो ९८२ ग्राम सुन लगेका छन् ।  सो बापत ६७ लाख ३० हजार राजस्व संकलन गरिएको छ । ४ किलो सुन भन्सार काउन्टरमा राखिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा