
नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो पटक बिहे गर्ने भएका छन् । ६२ वर्षीय कार्कीले उत्सव सम्शेर राणाकी नातिनीसँग बिहे गर्न लागेका हुन् । यद्यपि बधुको नाम भने खुलेको छैन ।
बिहेअघि उनले आइतबार साँझ थापाथलीस्थित एक पार्टी प्यालेसमा टीकाटालो गरेका छन् । बिहेको मिति भने सार्वजनिक गरिएको छैन ।
टीकाटालो कार्यक्रममा परिवारका सीमित सदस्यहरुमात्र रहेको स्रोतले बतायो । कार्कीले यसअघि बिहे गरेका दुवै श्रीमतीको निधन भएपछि उनले तेश्रो विवाह गर्न लागेका हुन् ।
कार्कीले पहिलो बिहे पछाइँ परिवारकी छोरीसँग र दोस्रो बिहे राणा परिवारकी छोरीसँग गरेका थिए । दोस्रो श्रीमती आवु राणाको क्यान्सरको कारण करिब २ वर्षअघि निधन भएको थियो । हाल कार्कीसँग जेठी श्रीमतीबाट एक छोरी छिन् ।
भोजपुरको देउराली स्थायी ठेगाना भएका कार्की हाल काठमाडौंको हात्तीगौंडामा बस्दै आएका छन् । विगतमा अर्थ र जलस्रोत मन्त्री बनेका कार्की दोस्रो संविधानसभामा समानुपातिक सांसद थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।