नेकपा एमालेको १० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक चितवनको सौराहामा नै बस्ने भएको छ ।
मंगलबार निर्वाचन समितिले अन्तिम मतपरिणाम दिएपछि नवनिर्वाति केन्द्रीय कमिटीको शपथ ग्रहण र पहिलो बैठक सौराहामा नै बस्ने नेता विष्णु रिजालले जानकारी दिए ।
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार विहान मतदान भएको थियो । विद्युतीय भोटिङ मेसिनमार्फत भएको निर्वाचनको मतपरिणाम मंगलबार नै आउनेछ । अध्यक्ष, उपाध्यक्ष, सचिव, खुलातर्फका केन्द्रीय सदस्य पदमा मतदान भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।