नेकपा एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले एमालेले आगामी निर्वाचनमा दुई तिहाइ बहुमत ल्याएर न्यायालय क्षेत्रको विकृति अन्त्य गर्ने बताएका छन् ।
चितवनको सौराहमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै तामाङले सो धारणा राखेका हुन् । उनले भने, ‘न्यायालयमा आज देखिइरहेको बबण्डर, अप्ठ्यारो परिस्थिति छ यसलाई अन्त्य गर्न एकचोटी नेकपा एमालेले दुई तिहाइ ल्याएर न्यायालयभित्रको सबै खालको विश्रृंखलताहरूलाई अन्त्य गर्ने गरी हामी अगाडि बढ्छौं ।’ दुई तिहाइसहित सरकारमा फर्किने अगुवाई केपी ओली र उनी नेतृत्वको टिमले गर्ने तामाङको भनाइ छ ।
न्याय क्षेत्रमा धेरै ठूला समस्याहरू रहेको भन्दै उनले अहिलेको स्थितिमा महाअभियोग लगाउने कुरा सिटामोलजस्तो मात्रै भएको बताए । ‘उनले भने, ‘सिटामोल खुवाएर न्यायालयको अहिलेको समस्या समाधान हुन्छ भन्ने मलाई लाग्दैन । त्यहाँभित्र धेरै ठूला क्रोनिक खालका समस्याहरू छन् । त्यो क्रोनिक समस्या समाधान गर्न ठूलै अप्रेसन जरुरी छ । त्यो अप्रेसनको लागि एमालेको दुई तिहाइ जरुरी छ ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।