नेपाली कांग्रेस भक्तपुर सभापतिमा दुर्लभ थापा निर्वाचित भएका छन्। थापा पाँच सय ५५ मतसहित निर्वाचित भएका हुन्।
सभापतिका अर्का उम्मेदवार अष्टकुमार कवेले चार सय ४२ मत ल्याएका थिए। उनी संस्थापनइतर समूहका हुन्। सभापति निर्वाचित भएका थापा सभापति शेरबहादुर देउवा पक्षका हुन्। उनी यसअघि पनि भक्तपुरका सभापति थिए।
उपसभापतिमा विजय अवाल र उर्मिला वन निर्वाचित भए भने सचिवमा राजेश खड्का र सुशील बस्नेत निर्वाचित भएका छन्। सहसचिवमा भने कृष्णमुरारी न्यौपाने र यादव अधिकारी निर्वाचित भएका छन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।