बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

‘बा’को पछि लाग्दा घनश्याम र योगेशहरूको राजनीति धरापमा : पञ्चा सिंह


  • मंगलबार, मंसिर १४ २०७८
10.9K
SHARES

फाईल तस्बिर

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले केपी ओलीका कारण घनश्याम भुसाल र योगेश भट्टराइहरूको राजनीति संकटमा परेको टिप्पणी गरेकी छन्।

इलामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पस अखिल (क्रान्तिकारी) समितिले सोमबार आयोजना गरेको नवआगन्तुक विद्यार्थीहरूको बृहत् स्वागत तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले चितवनमा जारी एमालेको दसौं महाधिवेशनको आलोचना गरेकी हुन्।

समाजले आशा गरेका नेताहरू केपी ओलीको पछि लाग्दा ओलीसँगै उनीहरूको राजनीतिसमेत समेत जोखिममा परेको उनले बताइन्।

केन्द्र सरकार ढालेर ओलीलाई बालकोट र एमाले नेतृत्वमा रहेका प्रदेश सरकारहरू ढालेर साना ओलीहरूलाई पनि घर फिर्ता पठाइसकिएको उल्लेख गर्दै उनले आगामी स्थानीय निर्वाचनपछि देशभरका वडा र पालिकाबाट साना ओलीहरू बिदा हुने दाबी गरिन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा