बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

मतदान स्थलमा आचार संहिता विपरीत पर्चा बाँड्ने ? खास गर्न खोजेको के हो ? : रावल


  • मंगलबार, मंसिर १४ २०७८
10.8K
SHARES

फाईल तस्बिर

चितवनमा जारी नेकपा एमालेको दसौं महाधिवेशनअन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि मतदान चलिरहेका बेला भीम रावलसहित ११ जना उम्मेदवारलाई मत नदिन भन्दै पर्चा बाँडिएको प्रति रावलले आक्रोश पोखेका छन्।

यसअघि एमालेको विधानअनुसार प्यानल बनाएर लड्न नपाइने भनिए पनि संस्थापन पक्षले प्यानलसहितको सूची मतदातालाई बाँड्दै अध्यक्षमा उम्मेद्वारी दिएका रावलसहित ११ जनालाई मत नदिन पर्चा बाँडिएको छ।

मतदानमा संस्थापन पक्षबाट कसलाई भोट हाल्ने/नहाल्ने संकेतसहितका पर्चा बाँडिएपछि नेता रावलले निर्वाचन आयोगको आचारसंहिताविपरीतको कार्य निन्दनीय भएको बताएका हुन् ।

रावलले ट्वीट् गर्दै लेखेका छन्– ‘चितवनमा एमालेको मतदान सुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिताविपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु।उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउछ।यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा