काठमाडौं, मंसिर १४
फ्रेन्च क्लब पिएसजी तथा अर्जेन्टिनाका फरवार्ड लिओनल मेस्सीले वर्ष २०२१ को बालोन डिओर अवार्ड जितेका छन् । यससँगै उनले कीर्तिमानी सातौंपटक विश्व फुटबलको सबैभन्दा ठूलो अवार्ड जितेका हुन् । यस वर्षको अवार्डमा मेस्सीले जर्मन क्लब बार्यन म्युनिखका पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीलाई पछि पारे ।मेस्सीले बालोन डिओर अवार्ड पहिलोपटक सन् २००९ सालमा जितेका थिए । पहिलो वर्ष अवार्ड जितेपछि उनले लगातार ४ वर्ष यो अवार्ड जितेका थिए । उनले २००९, २०१०, २०११ र २०१२ मा ४ वर्ष एकलौटी रूपमा बालोन डिओरमा बाजी मारेका थिए । त्यसपछि उनले पाँचौंपटक २०१५ मा जिते भने छैटौंपटक २०१९ मा जितेका थिए ।
नेपाली समय अनुसार मंगलबार बिहान भएको अवार्ड घोषणा सभामा भाग लिन मेस्सी आफ्ना ३ जना छोराहरू र श्रीमतीका साथ कार्यक्रमस्थल पुगेका थिए । उनीसँगै लेवान्डोस्की पनि आफ्नी श्रीमत सहित पुगेका थिए । आजको अवार्ड घोषणा सभामा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो भने सहभागी भएनन् ।
यससँगै मेस्सी अब बालोन डिओर अवार्ड सातौंपटक जित्ने कीर्तिमानी खेलाडी बनेका छन् । हुन त २०१९ मै छैटौंपटक जित्दै मेस्सी बालोन डिओरमा कीर्तिमान बनेका थिए ।अब मेस्सीका नाममा रोनाल्डोको भन्दा २ बढी ७ वटा बालोन डिओर भएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।