बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

एमाले महाधिवेशन प्रतिनिधिहरू रातभरि जाग्राम : अध्यक्ष छान्न राति २ बजेदेखि मतदान !


  • मंगलबार, मंसिर १४ २०७८
10.9K
SHARES

संकेत तस्बिर

नेकपा एमालेमा केन्द्रीय सदस्यहरु निर्विरोध गर्ने प्रयास असफल भएको छ । दिनभरको प्रयासमा केही क्लस्टरमा निर्विरोध भएपनि केहीमा हुन सकेन र, राति पौने ११ बजे निर्वाचन आयोगले उम्मेदवारहरुको अन्तिम सूचि प्रकाशित गरेको छ ।

अब अध्यक्ष, उपाध्यक्ष र सचिवका साथै  ७ क्लस्टरका केन्द्रीय सदस्यहरू चयनका लागि चुनाव हुनेछ ।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावल उम्मेदवार छन् भने ६ उपाध्यक्षका जागि अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ उम्मेदवार छन् ।

सात सचिवकमा लागि गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंक कार्की, टोपबहादुर रायमाझी, पद्मा अर्याल, भीम आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट चुनावी मैदानमा छन् ।

यस्तै केन्द्रीय सदस्यतर्फ खुला ८४ सदस्यका लागि चुनाव हुनेछ । प्रदेश १ को खुला ६ तथा महिला ३ सदस्यका लागि चुनाव हुनेछ । सुदूर पश्चिम प्रदेशको महिला ३ सदस्यका लागि पनि चुनाव हुनेछ । दलित खुला ८, थारु खुला ५ र पिछडिएको क्षेत्र खुला ३ सदस्यका लागि पनि चुनाव हुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाका अनुसार अब उम्मेदवारहरुको विवरण विद्युतीय भोटिङ मेसिनमा इन्ट्ी हुनेछ । यो सकिएपछि राति २ बजेतिर मतदान सुरु गर्ने कार्यतालिका छ ।

विहान ८ बजेसम्म मतदान हुनेछ । लगतै गणना सकेर मत परिणाम घोषणा हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा