नेता घनश्याम भुसालले ‘लोकतन्त्र छ, पार्टीमा मार्क्सवाद जिउँदो छ’ भन्नका लागि आफूले उपाध्यक्षमा उम्मेदवारी दिएको बताएका छन्।
दसौं महाधिवेशनबाट उपाध्यक्ष बन्न सोमबार बिहान उम्मेदवारी दर्ता गराएका भुसालले दलाल पुँजीवादले एमाले सिध्याउँदै लगेको भन्दै क्रान्ति अपहरण गरेको बताए। उपाध्यक्षमा जित्ने दाबी गर्दै भुसालले आफूले प्यानलबाट नभएर व्यक्तिगत रूपमा उम्मेदवारी दिएको स्पष्ट पारे।
‘नेकपा एमाले जत्तिको लोकतान्त्रिक, क्रान्तिकारी पार्टीका शुभचिन्तक परिवर्तनका पक्षमा खडा छन् त्यहीँ भएर जित्छु। एकीकृत पार्टी किन फुट्यो, सरकार किन टिक्न सकेन भन्ने बहस गरेका छैनौं त्यसकै लागि उम्मेदवारी हो’, भुसालले भने, ‘नवौंमा जुन प्यानल भयो त्यो गल्ती थियो, मैले व्यक्तिगत ढंगले उम्मेदवारी दिएको हो।
उनले लोकतन्त्रमा पार्टी कुनै व्यक्तिको कब्जामा हुन नसक्ने बताए।
‘लोकतन्त्रमा पार्टी कसैको कब्जामा हुँदैन, लोकतन्त्रमा यस्तो देखिनु गलत हो। १० बुँदे भनेरमात्रै नबुझ्दिनु होला, हामी सबै स्वतन्त्र छौं,’ भुसालले भने।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।