मंगलबार, कार्तिक ४ २०८३
ताजा अपडेट

काँग्रेस नेता बिमलेन्द्र परिवार मोहमा चुर्लुम्मै, बनाए भाइलाई सभापति र श्रीमतीलाई प्रतिनिधि


  • आइतबार, मंसिर १२ २०७८
7.3K
SHARES

फाईल तस्बिर

कांग्रेस नेता बिमलेन्द्र निधि आसन्न महाधिवेशनमा सभापतिको अकांक्षी हुन् । क्षेत्रीय अधिवेशनबाट निधिले सर्वसम्मति रूपमा आफ्ना भाइ धिरेन्द्र निधिलाई क्षेत्रीय सभापति बनाएका छन् । तर, निधिले आफ्नै भाइलाई क्षेत्रीय सभापति बनाएपछि अन्य नेताहरूले ‍असन्तुष्टि जनाएका छन् ।

क्षेत्रीय सभापतिका आकांक्षी सम्भुनाथ झाले निधिले लोकतन्त्रको हत्या गरेको बताए । “क्षेत्रीय सभापति पनि आफ्नै भाइलाई बनाएको छ,” उनले भने, “श्रीमती अनामिका निधिलाई पनि महाधिवेशन प्रतिनिधि बनाएको छ । पार्टीमा अरू नेता छैनन् ?” उनले आज घोषणा भएको महाधिवेशन प्रतिनिधि र क्षेत्रीय सभापति मान्य नहुने पनि बताए ।

जिल्लाको चार निर्वाचन क्षेत्रमध्ये तीनमा सहमति नजुट्दा प्रतिनिधि छनोट हुन नसकेको जिल्लाको उपसभापति सन्तोष यादवले जानकारी दिए । उनकाअनुसार संघीय निर्वाचन क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापति जितनारायण यादवको संयोजकत्वमा ६ सदस्य वर्ता टोली गठन भएको छ । सोमबार उक्त समितिले सर्वसम्मतिबाट प्रतिनिधि छनोटको प्रयास गर्नेछ । सहमति जुट्न नसके मंगलबार निर्वाचन हुने उनले बताए । निर्वाचन क्षेत्र नम्बर १ मा केन्द्रीय नेता आनन्दप्रसाद ढुंगाना निकटका अकांक्षी बलियो देखिएका छन् ।

यस्तै, संघीय निर्वाचन क्षेत्र नम्बर २ र ४ मा पनि सहमति हुन सकेको छैन् । क्षेत्र नम्बर ४ मा महेन्द्र यादव निकट कुमरकान्त झाको दाबी छ । नेताहरू झालाई नै सर्वसम्मति गर्ने तयारीमा छन् । स्रोतकाअनुसार २५ सदस्य महाधिवेशन प्रतिनिधि पनि छनोट भएको छ । तर, औपचारिक रूपमा भोलि सार्वजनिक गर्ने नेताहरूको तयारी छ । आज तयार पारिएको प्रतिनिधिमध्ये केही प्रतिनिधि हेरफेर हुन सक्ने बताइएको छ ।

निर्वाचन क्षेत्र नम्बर दुईमा केन्द्रीय नेता एवम् पुर्व मन्त्री रामकृष्ण यादवको पकड छ । उनी निकट क्षेत्रीय सभापति राजकिशोर सिंह हुने स्रोतको दाबी छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा