१२ मंसिर, काठमाडौँ । शिक्षाकर्मी मोहन राज राईको निधन भएको छ ।
आइतबार बिहान ३ बजे होम अस्पतालमा उपचारको क्रममा राईको निधन भएको परिवार श्रोतले बताएको छ ।
राई १ दशकभन्दा बढी विभिन्न शिक्षण संस्था हुँदै केही वर्ष अघि जिपी कोइराला मेमोरियल क्याम्पसका निमित्त क्याम्पस प्रमुख भएर समेत काम गरिसकेका थिए ।
जिपी कलेजमा रहँदै डेढ वर्ष अघि आन्द्राको क्यान्सर भएको पत्ता भएपछि बिदामा बसेर उपचार गराइरहेका थिए । उपचारका लागि भारतमा पनि पुर्याइएको थियो ।
केही सुधार भए पनि केही दिन अगाडी अकस्मात् स्वास्थ्यमा समस्या आए पछि ओम अस्पताल भर्ना गराइएको थियो ।
चाबहिल स्थित ओम अस्पतालमा उपचार कै क्रममा आइतबार बिहान निधन भएको जनाइएको छ ।
आइतबार ओम अस्पताल प्रांगणमा श्रद्धाञ्जलीका लागि केही समय पार्थिव शरिरलाई राखिएको थियो । श्रद्धाञ्जली दिन विभिन्न स्कूलका प्रिन्सिपल, विभिन्न कलेजबाट क्याम्पस प्रमुख एवं जिपी कोइराला मेमोरियल क्याम्पसका निमित्त क्याम्पस प्रमुख शिव अधिकारी एवं क्याम्पसका प्राध्यापकहरुको उपस्थिति रहेको थियो ।
अन्त्येष्टिका लागि पार्थिव शरिरलाई आइतबार नै गृह जिल्ला ओखलढुंगा अन्त्येष्टि गरिने जनाइएको छ ।
४३ वर्षीय राईको १ छोरा र श्रीमती छिन् ।