नेपाली कांग्रेसको ललितपुर जिल्ला सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् ।
पार्टीको १४औँ महाधिवेशनअन्तर्गत आइतबार दिउँसो आएको जिल्ला अधिवेशनको दोस्रो चरणको अन्तिम नतिजा अनुसार श्रेष्ठ सभापतिमा विजयी भएका हुन् । उनी सभापति शेरबहादुर देउवानिकट मानिन्छन् ।
विजयी श्रेष्ठले सभापतिका अर्का उमेदवार रामकृष्ण चित्रकारलाई पराजित गरेका हुन् । उनले १२ मतले विजयी हासिल गरेका हुन् । श्रेष्ठले ६६५ मत पाएका छन् भने चित्रकारले ६५३ मत पाए । पहिलो चरणमा तेस्रो भएका मीनकृष्ण महर्जनले दोस्रो चरणमा चित्रकारलाई समर्थन गरेका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।