शुक्रबार, कार्तिक २८ २०८३
ताजा अपडेट

ओलीलाई भेटेपछि पूर्वमाओवादी नेताहरू निराश, एमालेका नेतालाई मिलाएपछि मात्र तपाईँहरूको पालो आउँछ भनेपछि रुन न हाँस्नु


  • आइतबार, मंसिर १२ २०७८
15.2K
SHARES

फाईल तस्बिर

नेकपा (माओवादी केन्द्र)तिर नलागी नेकपा (एमाले) रोजेका नेताहरू संकटमा परेका छन् । चितवनमा जारी पार्टीको १०औँ महाधिवेशनबाट नेतृत्वमा पुग्न उनीहरूलाई समस्या परेको हो ।

एमालेभित्र पदका आकांक्षीको व्यवस्थापनमा अध्यक्ष केपी शर्मा ओलीलाई सकस परेपछि पूर्वमाओवादी नेताहरू अन्योलमा परेका हुन् । अध्यक्ष ओली यति बेला होटेल पार्क सफारी रिसोर्टमा बसेर आफूनिकट नेताहरू र पदका आकांक्षीहरूसँग छलफल गरिरहेका छन् ।

आज पूर्वमाओवादीका नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहलगायतले ओलीलाई भेटेका थिए । ओलीलाई भेटेपछि उनीहरूमा आशाभन्दा निराशा बढेको छ ।

एक नेताका अनुसार भेटमा ओलीले ‘एमालेका नेताहरूलाई मिलाएपछि मात्र तपाईंहरूको पालो आउँछ’ भन्दै जवाफ दिएका थिए । “पहिले यता मिलाउँछु अनि तपाईं–हामी बसेर कुरा गरौँला,” ती नेताले ओलीको भनाइ उधृत गर्दै बाह्रखरीसँग भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा