शनिबार, साउन ३० २०८३
ताजा अपडेट

सहमतिको खाका बनेको दाबीमा शेरबहादुर तामाङले जनाए आपत्ति


  • आइतबार, मंसिर १२ २०७८
8.7K
SHARES

फाइल तस्विर

नेकपा एमालेमा नेतृत्व चयनका लागि सहमतिको खाका बनेको भनेर गरिएको प्रचारप्रति पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले आपत्ति जनाएका छन् । उनले अहिलेसम्म त्यस्तो कुनै खाका नबनेको प्रस्ट पार्दै आफूलाई उद्धृत गरी सहमति भएको भनेर गरिएको प्रचारप्रति दुःख जनाएका छन् ।

‘मेरो हवाला दिएर केही साथीहरुले सहमतिको खाका भनेर गलत समाचार सम्प्रेषण गरेको पाइयो । यो प्रति दुःख ब्यक्त गर्दछु,’ उनले भने, ‘मेरो नाम प्रयोग भएको मात्रमा पनि म क्षमा प्रार्थी छु । कृपया यो गलत समाचारको भ्रममा नपर्नु हुन अनुरोध गर्दछु ।’

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पदाधिकारीसहित १० औं महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय कमिटीबारे सहमति जुटाउन छलफलमा भने जुटिरहेको बताएका छन् । उनका अनुसार अध्यक्ष ओलीले पार्टीका शीर्ष नेताहरुलाई आफू बसेकै होटलमा बोलाएर छलफल गरिरहेका छन् ।

त्यसका लागि ओलीले अध्यक्षका अर्का दावेदार तथा निर्वाचनको पक्षमा रहेका नेता भीम रावलसँग पनि वार्ता गर्ने तामाङले जानकारी दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा