शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

मलाई हुटिङ गरेर हलमा झन्डै बोल्नै दिएनन् : भीम रावल


  • शनिबार, मंसिर ११ २०७८
15.4K
SHARES

फाइल तस्विर

नेकपा एमाले दसौं महाधिवेशनको जारी बन्दसत्रले लोकतान्त्रिक विधिबाट हुनुपर्ने नेतृत्व चयनलाई एउटा व्यक्तिका हातमा सुम्पन खोजेको भन्दै उपाध्यक्ष भीम रावलले विरोध गरेका छन्। बोल्न खोज्दा सुरूमा हुटिङ गरेर झन्डै बोल्न दिएनन् भन्ने गुनासो पनि भिम रावलको रहेको छ ।

बन्दसत्र बैठकमै आपत्ति जनाएर आएका रावलले सौराहाको मोनालिसा होटलमा केही पत्रकारहरूसँग कुरा गर्दै भने, ‘कुनै एक व्यक्तिलाई सर्वसम्मत सूची तयार पार्ने सर्वाधिकर सुम्पनु भनेको पार्टीको विधानविपरीत हो। एमालेले जुन खालको लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्दै आएको थियो, त्यसलाई यसले खिल्ली उडाएको छ।’

आजको निर्णयले आफ्नो उम्मेदवारीलाई थप पुष्टि गरेको पनि उनले बताए।

निर्वाचनबाट हुनुपर्ने नेतृत्व चयनलाई सर्वसम्मतिका नाममा एउटा व्यक्तिको स्वविवेकीय अधिकार बनाउने हो भने यसले वर्षौं लगाएर निर्माण गरेको पार्टीको प्रणालीलाई नै ध्वस्त पार्ने उनले टिप्पणी गरे।

‘एमालेको जुन खालको चरित्र थियो, त्यो चरित्रलाई नै यसले कमजोर बनाउने काम गरेको छ,’ उनले भने, ‘आज पार्टीभित्र सर्वसम्मति गर्ने हो भने भोलि चुनाव लड्नुपर्ने बेला पनि के पार्टीले सहमति खोज्दै हिँड्ने हो?’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा