नेकपा एमाले अध्यक्ष केपी ओलीले एमाले कमजोर भयो भन्दै हल्ला मच्चाउने हरुले हिजोको उद्घाटन समारोहबाट जवाफ दिएको बताएका छन् । ‘एमाले कमजोर भयो भन्नेहरूलाई हिजो जवाफ दियौं,’ अध्यक्ष ओलीले भने।
एमालेको यो महाधिवेशनबाट निर्माण भएको नेतृत्वले राजनीतिमा देखिएका विकृति, विसंगति अन्त्य गर्ने ओलीले बताए।
‘राजनीतिलाई बेथितिमा रहन दिइराख्यौं भने हामी सुरू गरेको विकास अवरूद्ध हुन्छ,’ ओलीले भने।
नेकपा (एमाले) को दसौं महाधिवेशनअन्तर्गत अहिले बन्दसत्र चलिरहेको छ। बिहान ८ बजे हुने भनिएको बन्दसत्र दिउँसो १ बजेपछिमात्रै सुरू भएको थियो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।