बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

चित्रबहादुर केसीलाई नारायणी तर्न लाग्य‍ो तीन घण्टा!


  • शुक्रबार, मंसिर १० २०७८
11.8K
SHARES

फाईल तस्बिर

नेकपा एमालेको दसौं महाधिवेशनको उद्घाटन कार्यक्रममा राजनीतिक दलको तर्फबाट पहिलो वक्ता बने राप्रपाका अध्यक्ष कमल थापा। थापापछि लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले बोले। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा माओवादी केन्द्रको तर्फबाट नेता लिलामणि पोखरेलले पनि बोलेर भ्याए। त्यसपछिको पालो थियो प्रधानमन्त्री शेरबहादुर देउवाको।

तर उद्घोषक प्रदीप ज्ञवालीले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई आसन ग्रहण गर्न बोलाए। अनि सिधै सम्बोधन गरिदिन आग्रह गरे।

सम्बोधनको सुरूमा केसीले भने, ‘म गैंडाकोट आइपुगेको त ११ बजे नै हो तर यो भीडमा यहाँ आउने भन्दाभन्दै समय गुज्रियो। म भन्दा पहिले बोल्ने नेता जीहरूको भाषण मैले सुन्न पाइनँ। तै पनि जेनतेन तपाईंहरू माझमा उपस्थित हुन सफल भएको छु।’

महाधिवेशनका लागि देशका विभिन्न स्थानबाट आएका नेकपा एमालेका कार्यकर्ताको भिडले भरतपुर क्षेत्रका सडक अस्तव्यस्त  छन्। पश्चिम नेपालबाट आएका गाडीहरू नवलपुरको गैंडाकोटबाट चितवन प्रवेश गर्न सकेका छैनन्। एम्बुलेन्सलाई समेत नारायणी नदीको पुल तर्न सकस भइरहेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा