प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थिति बसाल्ने काममा नेकपा एमालेले साथ दिनुपर्ने बताएका छन्।
चितवनमा आज आयोजित एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संसदभित्र र बाहिर रहेका दलहरूसँग सहकार्य गर्न चाहेको उल्लेख गरेका थिए।
‘ओलीजीलगायत नेताहरूसँग हामी पनि जेलमा सँगै बसेको हो। सबै कुरा भोगेको हो। हिजो भोगेका कुरा ध्यानमा राखेर भोलिका दिनमा जनतालाई दु:ख नहोस् भनेर काम गर्नुपर्दछ,’ उनले भने, ‘एमालेले थिति बसाल्ने काममा साथ दिनुपर्दछ।’
प्रधानमन्त्री देउवाले एमाले महाधिवेशनको सफलताको शुभकामना पनि दिएका छन्।
उनले सबै मिलेर ल्याएको संविधानलाई संस्थागत र कार्यान्वयन गर्ने जिम्मेवारी राजनीतिक दलमा रहेको बताए।
उनले एमालेलाई जिम्मेवार राजनीतिक दलका रूपमा अगाडि बढ्न पनि आग्रह गरेका छन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।