बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

१२ महिनापछि एमालेले सरकारको नेतृत्व गर्ने ज्ञवालीको ठोकुवा !


  • शुक्रबार, मंसिर १० २०७८
7.1K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले १२ महिनापछि नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन सत्रमा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले झन्डोत्तोलन गर्ने क्रममा उद्घोषकको भूमिका निर्वाह गर्दै ज्ञवालीले यस्तो बताएका हुन् ।

ओलीले झन्डोत्तोलन गरेका झण्डातर्फ औंल्याउँदै ज्ञवालीले जसरी एमालेको झण्डा र यसको चुनाव चिह्न अंकित झण्डा माथि पुगेर फहराइरहेको छ, त्यसरी नै अबको १२ वर्षपछि एमालेले देशको नेतृत्व गर्ने दाबी गरे ।

उनले एउटा तप्काले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विम्ब बनाएर आलोचना गर्दै आएको टिप्पणी गर्दै जतिजति ओलीको आलोचना गरिन्छ, त्यति त्यति ओलीकै लोकप्रियता बढ्दै गएको बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा