शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

कमल थापाले गरे ओलीको प्रशंसा : ओली राष्ट्रियताका प्रतीक हुन्


  • शुक्रबार, मंसिर १० २०७८
9.7K
SHARES

फाइल तस्विर

राप्रपा अध्यक्ष कमल थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको खुलेर प्रशंसा गरेका छन् । चितवनको भरतपुरमा जारी एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले देशलाई सङ्कटबाट बचाउन र जोगाउन ओलीको खाँचो रहेको बताए ।

उनले ओलीको पहलमा नेपालको राष्ट्रियता अघि बढेको बताउँदै तराईको पृथकतावादी शक्तिलाई अन्त्य गरेको र नेपालको गुमेको भूभाग सहितको चुच्चे नक्सा प्रकाशन गरी संविधानमा उल्लेख गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे ।

उनले एमाले कम्युनिष्ट आन्दोलनको एक प्रमुख शक्ति र देशको सबैभन्दा ठुलो राजनीतिक दल भएको बताउँदै यो महाधिवेशनलाई देश विदेशका शक्तिहरूले उत्सुकताका साथ हेरिरहेको उल्लेख गरे ।

अध्यक्ष थापाले २०६३ सालको राजनीतिक परिवर्तन पछि दिगो शान्तिको लक्ष स्थायित्व र समृद्धिको बोकेर राजनीतिक यात्रा सुरु गरे पनि हिजो कहाँ पुग्ने भनेर हिँडेको र आज कहाँ आइपुगेका छौ भन्ने प्रश्नलाई महाधिवेशनका प्रतिनिधिहरूले गम्भीर रूपले समीक्षा गर्ने आशा लिएको बताए ।

उनले देश अहिले सङ्कटको भुमरीमा परेको बताउँदै लोकतन्त्रको आवरणमा देश सर्वसत्तावादतर्फ उन्मुख हुन खोजेको सङ्केत पाइरहेको बताए । उनले भने–‘योजनबद्ध र संगठीत रूपमा गरिँदै आएको धर्म परिवर्तनले हामी नेपालीहरूको सनातन धार्मिक सांस्कृतिक पहिचानलाई समाप्त पार्ने प्रयास भइरहेको छ । नेपालको इतिहासमा अहिले भ्रष्टाचार व्यापक मात्रामा भइरहेको छ ।

उनले देशभित्र सामान्य जागिर पाउन नसकेकाले ४० लाख युवाहरू मलेसिया र अरबमा रगत पसिना बगाउन बाध्य भएको उल्लेख गरे । साथै देशमा बाह्य शक्तिहरूको प्रभाव र चलखेल बढेर गएको बताउँदै बाह्य शक्तिको रणनीतिक प्रतिस्पर्धा स्थल बन्ने खतरा बन्न खोजेको दाबी गरे । यसका लागि महाधिवेशनबाट देशका लागि साहसिक निर्णयको अपेक्षा गरिरहेको उल्लेख गरे ।

उनले ओलीको प्रशंसा गर्दै भने–‘केपी ओलीजस्तो दृढ अडान भएको र राष्ट्रवादी सोच भएको नेतृत्व गरेको पार्टीले यो देशलाई सङ्कटबाट जोगाउनका निमित्त ऐतिहासिक योगदान पु¥याउन सक्नेछ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा