शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

एमालेको अर्जुनदृष्टि : तीन तहकै चुनावमा बहुमत हासिल गर्ने !


  • शुक्रबार, मंसिर १० २०७८
8.6K
SHARES

फाइल तस्विर

नेकपा (एमाले)का प्रचार विभाग प्रमुख योगेश भट्टराईले चितवन महाधिवेशन लगत्तै एमाले चुनावको तयारीमा जाने बताएका छन् । १०औँ महाधिवेशनको उद्घाटन अघि शुक्रबार बिहान चितवनमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले भने, ‘यो हप्ता हामी महाधिवेशनमा छौँ, अर्जुनदृष्टि यसैमा छ । महाधिवेशनपछि ‘जसरी महाभारतमा अर्जुनले दृष्टि लगाए’, त्यसरी एमालेको दृष्टि अब चुनावमा हुन्छ ।’

महाधिवेशनले पार्टीलाई एकतावद्ध बनाउने र आगामी तीन तहकै चुनावमा एमालेले बहुमत हासिल गर्नेगरी महाधिवेशनबाट संकल्प लिइने उनले बताए ।
महाधिवेशनको विशेष सन्देश रहनेछ । यो महाधिवेशना सहमति र एकताको महाधिवेशन हो । अन्तरविरोधलाई मैत्रीपूर्ण ढंगबाट समाधान गर्दै एमालेलाई यो देशको कम्युनिष्ट आन्दोलनको एकमात्र पार्टीका रूपमा स्थापित गरिनेछ,’ उनले भने ।

एमालेलले नीति महाधिवेशनबाट आफ्नो नीति, विधान र कार्यदिशा पास गरिसकेको भट्टराईले स्मरण गराए । ‘जनताको बहुदलीय जनवादलाई सुदृढ गर्दै यसको मार्गनिर्देशनमा समाजवादको आधार निर्माण गर्ने एमालेको कार्यदिशा हो,’ उनले भने, ‘नेपालका राजनीतिक दलमा यो सबैभन्दा उन्नत र सबैभन्दा समृद्ध कार्यदिशा हो, अब हामी त्यतातिर जान्छौँ । महाधिवशेनबाट सबै प्रतिनिधिलाई कार्यदिशाबारे बुझाउनेछौँ,’ उनले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा