
त्रिभुवन विश्वविद्यालयका एक उपप्रध्यापकमाथि छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । शिक्षाशास्त्र संकायअन्तर्गत अर्थशास्त्र गणित विषय पढाउने उपप्रध्यापक जगदिश मूर्ति कोइरालामाथि यस्तो आरोप लागेको हो ।
उनीविरुद्ध त्रिवि शिक्षाशास्त्र केन्द्रीय विभाग र महानगरीय प्रहरी परिसर कीर्तिपुरमा उजुरी परेको छ । उजुरीकर्ता छात्रा स्नातकोत्तर तह तेस्रो समेस्टरमा पढिरहेकी छिन् ।
कोइरालाले पहिलो सेमेस्टरदेखि नै आफूलाई भेटेमात्र परीक्षामा उत्तीर्ण हुने अन्यथा पढाइ नै बिगारिदिने धम्की दिएको उजुरीकर्ता छात्राले आरोप लगाएकी छिन् । कोइरालाले टेलिफोन र फेसबुक च्याटसमेतमा सताउने गरेको छात्राले आरोप लगाएकी छिन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सूर्यप्रसाद पाण्डेले लेखेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।