सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भोलि शुक्रबार हुने काठमाडौं जिल्ला कार्यसमितिको अधिवेशनमा सभापति पदमा कृष्णसबुज बानियाँ र उपेन्द्र कार्कीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
बानियाँ काठमाडौंका बहालवाला सभापति समेत हुन् । उनी फेरि एक कार्यकाल सभापति पदमा दोहोरिन चाहेका छन् । बानियाँ नेता प्रकाशमान सिंहनिकट मानिन्छन् ।
काठमाडौं कांग्रेसमा सिंह र युवा नेता गगनकुमार थापाको प्रभाव देखिएको छ । युवा नेता थापाले समेत बानियाँलाई नै समर्थन गर्ने भएका छन् ।
अर्का उम्मेदवार कार्की सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट संयुक्त रुपमा सभापति पदमा उम्मेदवार हुने भएका छन् ।
कांग्रेसको वडा, पालिका, प्रदेशसभा, प्रतिनिधिसभा क्षेत्रमा सिंह र थापा नेतृत्वले अधिकांश स्थान जीत हात पारेको छ । सभापति बानियाँलाई एक कार्यकाल सभापति बनाउने सिंह–थापा पक्षबीच यसअघि नै सहमति भएको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।